Skip to main content

पहिरो नक्साहरु

पहिरो नक्साहरु

यस पृष्ठमा २०१५ भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका सबै १३५ स्थानीय निकायहरुको डाउनलोड गर्न सकिने खुला अनलाइन संग्रहित नक्साहरुको लिंक दिइएको छ। यी नक्साहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छन् भने नक्सामा प्रस्तुत तथ्यांकको व्याख्या पनि समावेश छ। सबै नक्साहरु *.PDF वा *.PNG ढाँचामा A0 आकार सम्म छाप्न उपयुक्त खालका छन्। अन्तिम लिंकले जिल्लाका आधारमा एकमुष्ठ डाउनलोड गर्नमिल्ने नक्साहरुको  जिप (*.zip) फाईलहरुमा पहुँच प्रदान गर्दछ। कृपया ध्यान दिनुहोला प्रत्येक नक्सा फाईलहरु करिब १०० mb आकारका छन्। सुरुवातमा हामी उदाहरणका लागि कुनै एउटा पालिका स्तरमा तयार नक्साहरुको समुच्च सेट प्रस्तुत गर्दछौँ।


नक्सा-सेटको उदाहरण: भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

तलका लिंकहरुले उदाहरणका लागि सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका लागि तयार नक्सा-सेटमा द्रुत पहुँच प्रदान गर्दछन्। यसका माध्यमबाट अन्य सबै पालिकाहरुमा के कस्ता सामग्रीहरु उपलब्ध छन् भनी स्पष्ट रुपमा देखाउन खोजिएको छ। यसमा स्थानीय स्तरको योजना तर्जुमा र निर्णय प्रक्रियालाई उपयोगी हुने यी नमूना नक्साहरुको संक्षिप्त निर्देशिका सहितको व्याख्या पनि समावेश गरिएको छ।

समाविष्ट नक्सा-सेटमा निम्नानुसारका नक्साहरु पर्दछन्:

भोटेकोशी गाउँपालिकाः नमूना निर्देशिकाहरु र विश्लेषण (नेपालीमा)  डाउनलोड

भोटेकोशी गाउँपालिकाः नमूना निर्देशिकाहरु र विश्लेषण (अङ्ग्रेजीमा) डाउनलोड


पहिरो नक्साको पूर्ण संग्रह:

पहिरो प्रकोपको पालिका-स्तरमा तयार नक्साहरु (सन् २०१४-२०२०)

यी नक्साहरुमा पालिकास्तरमा सन् २०१४ यता नक्सांकन गरिएका सबै पहिरोका स्थानहरुलाई देखाइएको छ। नक्सांकन प्रक्रिया विधि Williams et al., (2018)Kincey et al., (2021) मा विस्तृत वर्णन गरिए अनुसार रहेको छ। पहिरोको रङ्गले पछिल्लो पटक नक्सांकन गरिएको मितिलाई संकेत गर्दछ।

पालिका-स्तरमा तयार पहिरो संवेदनशीलता नक्साहरु (२०२०)

यी नक्साहरु सबै पालिकाहरुको पहिरो संवेदनशीलता देखाइएको छ। यी नक्साहरु Kritikos et al., (2015) द्वारा प्रस्तावित मोडेलमा आधारित छन् जसमा भविष्यमा पहिरोबाट प्रभावित हुनसक्ने सम्भावित स्थानहरुको पहिचान गर्ने विधि प्रयोग गरिएको छ। यस मोडेलको प्रयोग वर्षात्का कारण सिर्जित पहिरोको अवस्था, ३० मि. रिजोलुसनको परिणाम प्राप्त हुने गरी तयार गरिएको छ। उच्चतम जोखिम क्षेत्रहरुको पहिचान र आगामी मनसुन (वर्षायाम) का लागि उपयुक्त हुने तुलनात्मक रुपमा सुरक्षित क्षेत्रहरुको पहिचानका लागि पनि यी नक्साहरु उचित हुनेछन्।

पालिका-स्तर पहिरो जोखिम मोडेलका नक्साहरु (सन् २०२०)

यी नक्साहरुले पहिरो बहाव (रनआउट) मोडेलको आधारमा सबै पालिकाहरुका प्रत्येक घरमा पहिरोले निम्त्याउन सक्ने सापेक्षित जोखिम दर्शाउँछन्। यो मोडेल Horton et al., (2013) द्वारा व्याख्या गरिएको विधिमा आधारित छ र यसले अत्यधिक वर्षाको अवस्थामा पहिरो बग्न सक्ने स्थानहरुलाई मध्यनजर गरि तयार नतिजा प्रस्तुत गर्दछ। प्रत्येक घरको उच्चतम देखि नगण्य सापेक्षित जोखिमलाई रङ्गहरुको मापन (स्केल) मार्फत संकेत गरिएको छ। यी नक्साहरुको विवेचनालाई सघाउन मार्गदर्शक नोटहरु पनि राखिएको छ। कृपया नक्साहरु डाउनलोड गर्नु अघि उपलब्ध मार्गदर्शक नोटहरु पनि पढ्नुहोला ।

पालिका पहिरो जोखिम नक्सा निर्देशिका (नेपालीमा) डाउनलोड

पालिका पहिरो जोखिम नक्सा निर्देशिका (अङ्ग्रेजीमा)  डाउनलोड