Skip to main content

भूकम्प पश्चातको पहिरो प्रकोप तथा जोखिम – नेपाल

भूकम्प पश्चातको पहिरो प्रकोप तथा जोखिम – नेपाल

यस पृष्ठमा नेपालमा भूकम्प पछिको अवस्थामा पहिरोको प्रकोप र जोखिम सम्बन्धि DFID-SHEAR परियोजनाबाट प्राप्त प्रतिफलहरु समावेश गरिएको छ। यो परियोजना संयुक्त अधिराज्यको डरहम विश्वविद्यालय र भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट) बीचको सहकार्य हो।

सन् २०१५ को गोरखा भूकम्पका कारण अति प्रभावित १४ जिल्लामा केन्द्रित यस परियोजना अन्तर्गत भूकम्पका कारण सिर्जित करीब २०,००० पहिरोहरुको नक्सांकन, अनुगमन र मोडलिङ्ग गरिएको छ। यसका लागि पहिरो नक्सांकन कार्य सन् २०१४ यता प्रतिवर्ष २ पटक अद्यावधिक गरिनुका साथै यसको उपयोगः १) सम्भावित पहिरोको बहाव (रनआउट), र २) भविष्यमा वर्षाको कारण सिर्जित हुनसक्ने पहिरोको संवेदनशीलता सम्बन्धि नतिजा प्राप्त गर्ने मोडेल-प्रयोगका लागि गरिएको छ। विभिन्न नक्सांकन कार्यबाट प्राप्त यी नतिजा तथा तथ्याङ्कहरु नेपालमा पहिरो जोखिम न्यूनीकरण र निर्णय प्रक्रियामा मद्दत गर्ने उद्देश्यले तयार गरिएका हुन् । 

थप जानकारी, नक्सा, डाटासेट, तथा नेपाली र अंग्रेजी भाषामा भएका निर्देशिकाहरुमा पहुँचका लागि तलका लिंकहरुमा जानुहोला। यी डाटासेट प्रयोग गरिरहेका सम्वन्धित संस्था तथा परियोजनाहरु सम्बन्धि थप लिंकहरु पनि प्रदान गरिएको छ।

  • For an English version of this website, please click here.
  • यस वेबसाइटको अङ्ग्रेजी संस्करणको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।
  • For a Nepali version of this website, please click here.
  • यस वेबसाइटको नेपाली संस्करणका लागि कृपया यहाँ क्लिक गर्नुहोस्।

कुनै प्रश्न वा जिज्ञासाहरु भए प्रा. नीक रोसरलाई सम्पर्क गर्न सक्नुहुनेछ: [email protected]


पहिरो नक्साहरु

मुख्य सन्देश आलेखहरु

शैक्षिक सन्दर्भ-सामग्रीहरु


लिंकहरु